सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेको ओरालो यात्रा कायमै

मङ्गलबार, ०८ फागुन २०८०, १५ : २१
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार थप पौने दुई अङ्कले घट्न पुगेको छ । आइतबार नेप्से सूचक २७.२१ अङ्कले घट्दै २ हजार ३४.८२ अङ्कमा झरेको थियो । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहेको बजार मंगलबार थप १.७६ अङ्कले घट्दै २ हजार ३३.०६ अङ्कमा झरेको हो । 

आज डेभलपमेन्ट बैंक समूह, फाइनान्स, इन्भेस्टमेन्ट, म्यानु एण्ड प्रो र अन्य समूहको उपसूचक झिनो प्रतिशतले बढेका छन् भने बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । 

तथापि, पौने दुई अङ्कले नेप्से घटेको यस दिन ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले समान १० प्रतिशतले कमाएका छन् भने ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप