सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन

बुधबार, ०९ फागुन २०८०, १४ : ३६
बुधबार, ०९ फागुन २०८०
  • शाओ वे पेङ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवार प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र पेश गर्दैछ । ज्ञापन पत्र बुझाउनुअघि राजधानीको भृकुटीमण्डपबाट दबाबमूलक र्‍याली सुरु गरेर भद्रकाली, सुनधारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डप पुगेर सभा गरिएको छ । 

rpp protest (1)

त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनका अनुसार संवैधानिक राजसंस्था र पूर्ण धार्मिक स्वतन्त्रसहितको हिन्दु अधिराज्य हुनुपर्ने, धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदेमा छ । यस्तै बढ्दो भ्रष्टाचारको विषयदेखि बैंकदेखि वित्तीय संस्थाको मनपरीमाथि हुनुपर्ने लगायतका विषय पनि उल्लेख छ । 

rpp protest (5)

राप्रपाको पूर्वनिर्णयअनुसार बुधवार नै सबै जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने छ । साथसाथै आफ्नो मागबारे दबाबमूलक प्रदर्शन गर्ने पनि कार्यक्रम रहेको छ । 

rpp protest (2)

राप्रपाले सरकारले आफ्नो मागबारे कुनै सुनुवाइ नगरेमा चैतदेखि आन्दोलन गर्ने तयारी गरेको छ । त्यसअघि सहर केन्द्रित दबाबमूलक कार्यक्रमहरू हुने जनाइएको छ ।

rpp protest (3)rpp protest (4)rpp protest (6)rpp protest (7)rpp protest (8)rpp protest (9)rpp protest (10)rpp protest (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप