तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन
- शाओ वे पेङ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवार प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र पेश गर्दैछ । ज्ञापन पत्र बुझाउनुअघि राजधानीको भृकुटीमण्डपबाट दबाबमूलक र्याली सुरु गरेर भद्रकाली, सुनधारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डप पुगेर सभा गरिएको छ ।
_HdTKFV2Zr7.jpg)
त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनका अनुसार संवैधानिक राजसंस्था र पूर्ण धार्मिक स्वतन्त्रसहितको हिन्दु अधिराज्य हुनुपर्ने, धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदेमा छ । यस्तै बढ्दो भ्रष्टाचारको विषयदेखि बैंकदेखि वित्तीय संस्थाको मनपरीमाथि हुनुपर्ने लगायतका विषय पनि उल्लेख छ ।
_4t9eB7n2rb.jpg)
राप्रपाको पूर्वनिर्णयअनुसार बुधवार नै सबै जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने छ । साथसाथै आफ्नो मागबारे दबाबमूलक प्रदर्शन गर्ने पनि कार्यक्रम रहेको छ ।
_sZPoc8Qda8.jpg)
राप्रपाले सरकारले आफ्नो मागबारे कुनै सुनुवाइ नगरेमा चैतदेखि आन्दोलन गर्ने तयारी गरेको छ । त्यसअघि सहर केन्द्रित दबाबमूलक कार्यक्रमहरू हुने जनाइएको छ ।
_LxSgumzeTp.jpg)
_bkXbWd5ZF5.jpg)
_WsNRqYk2qQ.jpg)
_TbnjWJwpFU.jpg)
_6zoKJDo9kP.jpg)
_JMCDzrWWTb.jpg)
_ng81ilSBPS.jpg)
_NoaL2In94x.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयको प्रतिबद्धतापछि काठमाडौँबाट फर्किए सुस्तावासी
-
कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण
-
हलमा छैनन् नेपाली फिल्म, विदेशी भने भरिभराउ
-
भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, जनशक्ति अभाव
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण