भूल भुलैया ३ मा तृप्ति डिमरीले रिप्लेस गरिन् कियारालाई
नयाँ दिल्ली । कार्तिक आर्यनको आगामी फिल्म भूल भुलैया २ को सफलतापछि दर्शकहरु यो फिल्मको सिक्वेल कहिले आउँछ भनेर कुरिरहेका छन् । कार्तिक र फिल्मका मेकरहरुले यो फिल्मबारे फ्यानहहरुको एक्साइटमेन्ट बढाइरहेको छ । फिल्मको काष्टिङबारे अर्को अपडेट आइरहेको छ । यो फिल्म हलमा दर्शकहरुलाई तान्न पर्याप्त छ ।
केही दिन अघि मात्रै फिल्ममा ओरिजिनल मंजुलिका अर्थात् विद्या बालनको इन्ट्री भएको खबर आएको थियो । त्यसपछि यो पिल्ममा धकधक गर्ल माधुरी दिक्षितको नाम जोडियो । अब यो फिल्ममा फीमेल लीडलाई लिएर अर्को हिन्ट दिएका छन् । कार्तिकले सामाजिक सञ्जालमा एउटा पोष्ट शेयर गरेका छन् । यसमा एउटा पजल छ । यसमा मुस्कुराइरहेकी महिलाको आधा अनुहार छ । फोटोको साथमा कार्तिकले क्याप्सनमा लेखेका छन्, ‘एउटा चलिङ मुस्कान जसले मुटुमा भय जगाइदिनेछ । समाधान गर्नुसे यो भूल भुलैयालाई’
फोटोमा देखिएको मुस्कान हेर्दा अभिनेत्री तृप्ति डिमरी हुन् । पोेष्टमा आएका अधिकांश कमेन्टमा पनि तृप्तिकै ना छ । यो आधा तस्वीर सन् २०२२ मा तृप्तिले सामाजिक सञ्जालमा शेयर गरेको तस्वीरको थियो । भूल भुलैया २ मा कार्तिकसँग लिड रोलमा कियारा आडवाणी थिइन् । अहिलेसम्म मेकरहरुले कियाराको नाम पूष्टि गरेका थिएनन् । नयाँ कहानीमा कियारालाई तृप्तिले विस्थापित गरेको अनुमान गर्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण