प्रशिक्षक थोमस टुकलले बायर्न म्युनिख छाडने
बुधबार, ०९ फागुन २०८०, १६ : १८
काठमाडौँ । बायर्न म्युनिखका प्रशिक्षक थोमस टुकलले क्लब छाडने भएका छन् । उनले जारी सिजन सकिएसँगै बायर्न म्युनिख छाडने घोषणा गरेका छन् । लगातारको निराशाजनक प्रदर्शनका कारण उनले क्लब छाडन लागेको समाचारमा जनाइएको छ ।
लगातार तीन खेलमा पराजित भएपछि बायर्न म्युनिखको बुन्डेस लिगा र च्याम्पियन्स लिग जित्ने अभियानमा धक्का लागेको छ । ५० वर्षीय टुकल सन् २०२३ मा जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षक बनेका थिए ।
त्यसअघि उनी इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थिए । उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), जर्मन क्लब बोरुसिया डर्टमन्डमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण