सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पवन खतिवडा ‘म्याकुरी’को आरोप : मेरो जिन्दगी बरबाद बनाउने खेल भइरहेको छ

बिहीबार, १० फागुन २०८०, ०७ : ५०
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुम्निमा खालिङमाथि हिंसा नगरेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफुलाई श्रीमतीले पीडित बनाएको आरोप लगाए ।

बुधबार साँझ पत्रकार सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख सबैमाझ शेयर गरे । श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर  लगाएको आरोपको समेत उनले खण्डन गरे । 

‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्न छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’ उनले यसका लागि आफूले औषधि पनि सेवन गरेको सुनाए ।

सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमण लगायतको क्रियाकलाप गर्ने गरेको बताए । उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकारे । पुरुषसँगको निकट थाहा पाएपछि आफूले सुम्निमासँग डिभोर्स मागेको उनले स्पष्ट पारे ।

सुम्निमा बाहिरको मानिसहरूको उक्साहटमा आफू माथि आक्रामक भएको भन्दै उनले थपे ‘मेरो जिन्दगीलाई बरबाद बनाउन खेल भइरहेको छ ।’ उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत गरेको सुनाए ।

श्रीमती सुम्निमा खालिङले आफुलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप सहित पीडित बनाएको भन्दै मिडियामा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा सुम्निमाले आफू हुँदा हुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत आरोप लगाएकी थिइन् । आफू विरुद्ध श्रीमती सुम्निमाले बिभिन्न आरोप लगाए पनि पवनले पत्रकार सम्मेलन गर्दै आफ्नो कुरो बाहिर ल्याएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप