आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु साहको प्रश्न : नेपालमा कसको सरकार छ ?

बिहीबार, १० फागुन २०८०, १९ : ३५
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रतिनिधिसभा बैठकमा युवाहरूको विषय उठाएका छन् । रोजगारीको अभावमा लाखौँ युवाहरू बिदेसिन बाध्य भए पनि सरकार र सरोकारवाला निकाय मौनता साँधेको भन्दै उनले आक्रोश पोखे । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालका सरकारी मान्यताप्राप्त उद्योगहरूमा विदेशीहरूले काम गरिरहेको प्रति प्रश्न उठाए । ‘कुन कानुन अन्तरगत उनीहरुले काम गरिरहेका छन्’, उनको प्रश्न छ, ‘आज नेपालका युवाहरू रोजगारीको खोजीमा विदेशमा तड्पिरहेका छन्। तर, विदेशीहरू बेरोकटोक रोजगारी गरिरहेका छन् ।’  यो सबै दृश्य हेर्दा नेपालमा कसको सरकार छ भन्ने प्रश्न आउने उनको भनाइ थियो । 

 नेपालीहरूको सरकार हो भने नेपाली युवाहरूले रोजगारी पाउनुपर्ने उनको भनाइ थियो । रोजगारीको हक हरेक नागरिकलाई भए पनि अहिलेको दुःखदायी अवस्थामा नागरिक रहेको उनले बताए ।  यस्तै ट्रेड युनियनवादीहरू पनि चुपचाप बसिरहेको भन्दै आक्रोश पोखे । उनले युवाहरूको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैसँग नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप