सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा लाग्न गृहमन्त्री श्रेष्ठको निर्देशन
नेपालगन्ज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सम्झौताहीन भएर लागिपर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपालगन्जमा बिहीबार नेपाल सरकार, गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको हो ।
गोष्ठीमा गृहमन्त्री श्रेष्ठले नेपाली जनताले ठूलो त्याग र बलिदानमार्फत एकात्मक राज्य व्यवस्थालाई विस्थापित गरेर मुलुकलाई संघीय गणतन्त्रको ऐतिहासिक फड्कोमा पुर्याए पनि अपेक्षा अनुसार सामाजिक न्याय , सुशासन र समृद्धि निर्माण हुन नसकेको बताए । समाजवादउन्मुख संविधानको लक्ष्यका लागि राजनीतिक, कर्मचारी, सुरक्षा र सबै क्षेत्र तथा संयन्त्रले आफैँलाई रुपान्तरण गरेर र कानुनी मूल्यमा साबित भएर मात्र सामाजिक विकासको फड्को हासिल हुनसक्ने उनले बताए ।
वर्तमान सरकारले सुशासनका पक्षमा ऐतिहासिक पहल सुरु गरेकोले नै ललिता निवासको खर्बौंको जग्गा राज्यलाई फिर्ता आउनसकेको उनले बताए । बाँसबारी छालाजुत्ताको जग्गा समेत राज्यलाई फिर्ता आउने विश्वास उनले व्यक्त गरे । शक्तिको आडमा अब कोही बच्न नसक्ने भन्दै उनले कुनैपनि शक्तिशालीको प्रभावमा नपर्न, सोसफोर्सको पछि नकुद्न र राजनीतिक शक्तिको अवाञ्छित दबाब नझेली ढुक्कसँग सेवा एवम् सुशासनमा दत्तचित्त हुन निर्देशन दिए।अतिक्रमण वा कब्जा गरिएका सरकारी जग्गा फिर्ता ल्याउने तथा त्यस्तो गर्नेलाई कारबाही गर्ने प्रक्रिया प्राथमिकता साथ अगाडि बढाइएको र त्यसको यकिन विवरण पेस गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देश गरिएको उनले बताए । त्यसबारे कुनै सूचना वा प्रमाण भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन उनले सबैमा अनुरोध गरे ।
सरकार नीति नै बनाएर सहकारी एवम् वित्तीय संस्थापीडितको समस्या समाधान गर्न लागिपरेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण