आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एक्युजिसन अघिको ज्योति लाइफ इन्स्योरेन्सको नाफा जगेडा कोषमा राखिने

शुक्रबार, ११ फागुन २०८०, ११ : ५८
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग एक्युजिसन (गाभिएको) हुनुभन्दा अघिको ज्योति लाइफ इन्स्योरेन्सको नाफा जगेडा कोषमा राखिने भएको छ । तत्कालीन ज्योति लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्ससँग गाभिई गत वर्ष २०७९ पुस ७ गतेदेखि एकीकृत कारोबारमा गएका थिए । 

गत आर्थिक वर्षको पुस मसान्तसम्मको आर्थिक गतिविधि नाफा–नोक्सान हिसाब खाताबाट कम्पनीले केही नाफा आर्जन गरेकोमा उक्त नाफा एकीकृत कारोबार पछिको सूर्य ज्योति लाइफ इन्स्योरेन्सको जगेडा कोषमा राखिने भएको हो । 

२०८० फागुन १० गते बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको ३६९ औँ बैठकले उक्त निर्णय गरेको हो । साथै, साबिक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोष लगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्य ज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय समेत गरेको छ । 

SJLIC news

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप