बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

सरकार भाग्यो, प्रधानमन्त्रीलाई नत्थी लगाएर संसदमा ल्याउनुपर्ने अवस्था नहोस् :  एमाले

शुक्रबार, ११ फागुन २०८०, १६ : २५
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीसँग विपक्षी दलले उठाएका प्रश्नहरुको जवाफ माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा बोल्दै एमाले सचेतक महेश वर्तौलाले संसदमा उठाएमा विषय र मुद्धालाई सम्बोधन गर्न माग गरे । 

उनले भने– ‘हामीले सरकारसँग आग्रह गरेका छौँ, हामीले उठाएका यी ज्वलन्त विषयवस्तु र मुद्दाहरुलाई सम्बोधन गरियोस् । यदि सरकार प्रत्येक दिन संसदलाई छलेर भागिरहन्छ भने म विनम्रताका साथ आग्रह गर्न चाहन्छु, सरकार आज भाग्ला, ६ गतेदेखि भाग्दैछ, १० गते पनि भाग्यो, आज पनि भाग्यो, १३ गते भाग्ला, १४ गते भाग्ला, कति गतेसम्म भाग्दै जानुहोला, सम्माननीय प्रधानमन्त्रीज्यू, हामीसँग यति तागत छ कि नाकमा  नत्थी लगाएर संसदमा ल्याउनुपर्ने परिस्थितिमा प्रमुख प्रतिपक्षी र प्रतिपक्षीहरुलाई नपुर्याइयोस् ।’

उनले आगामी बैठकमा प्रधानमन्त्रीले उपयुक्त जवाफ दिनुपर्ने र मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफ आउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप