बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बुक फ्री फ्राइडे : सरस्वती निकेतन माविमा सरसफाइसम्बन्धी कार्यक्रम

शुक्रबार, ११ फागुन २०८०, २२ : ३९
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बुक फ्री फ्राइडे हरेक शुक्रवार गर्ने अभियान अन्तर्गत यो शुक्रवार टेकुको ओन्देमा रहेको श्री सरस्वती निकेतन माविका विद्यार्थीलाई सरसफाइसम्बन्धी व्यवहारिक ज्ञान दिइएको छ । 

वातावरणीय स्वच्छता कायम गर्न आफू बस्ने ठाउँको मात्रै सफाइ नभई आफू बस्ने वातावरण पनि सफा राख्नुपर्छ भन्ने व्यवहारिक ज्ञान दिनको लागि सरसफाइ सम्बन्धी व्यवहारिक क्रियाकलापको आयोजना गरिएको हो । 

 शुक्रवार दिउँसो स्कुलमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका करिब २०० विद्यार्थी, प्रधानमन्त्री स्वरोजगार योजनाका तर्फबाट २० र १२ नम्बर वडा कार्यालयबाट २० जना कर्मचारी सहित स्थानीयको समेत उपस्थितिमा सफाइ अभियान चलाइएको हो । 

22

“हामीले आफ्नो वातावरण सफा राखेमा मात्रै आफू बस्ने ठाउँ पनि सफा हुन सक्छ भन्ने सिकाउनको लागि यो अभ्यास गराएका हौँ । जस अन्तर्गत विद्यार्थीले आफ्नो शैक्षिक संस्थाको २०० मिटर क्षेत्र सफा गरेका हुन् । सफाइ गरिसकेपछि निस्कने फोहोर व्यवस्थापन पनि सफाइको अर्को पाटो हुन्छ । त्यो पाटोलाई पनि सम्बोधन गर्ने किसिमले हामीले फोहोरको वर्गीकरण र यसको व्यवस्थापनबारे पनि प्रयोगात्मक सिकाइको अभ्यास गरेका छौँ ” कामनपा वडा नं १२ का वडाध्यक्ष बालकृष्ण महर्जनले भने । 

शुक्रवार आयोजना गरिएको सिकाइ अभ्यास फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको निजी संस्था इन्फो नेपाल र काठमाडौँ महानगरपालिकाको प्रत्यक्ष संलग्नता थियो । उक्त सिकाइ अभ्यासमा करिब ३०० जनाको प्रत्यक्ष उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप