बाँके घटना : खुट्टामा गोली लागेका सुशीलको भेरी अस्पतालमा उपचार हुँदै
काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा गोली लागेको बाँकेका एसपी तुल बहादुर कार्कीले रातोपाटीलाई बताए ।
परियार कोहलपुर नगरपालिका–१२ चप्पलगौँडाका स्थानीय हुन् । परियार सहितको समूहले नेपाल भारत सिमानामा बसेर लागु औषध कारोबार गर्ने गरेको सुराकको आधारमा लागु औषध नियन्त्रण ब्युरोका इन्स्पेक्टर रुपेश विष्ट र सई बालकृष्ण सन्जेल नेतृत्वको टोलीले उनीहरूलाई पछ्याइरहेका थिए । कोहलपुरका पिप्रहवामा प्रहरीलाई देखेर भाग्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको एसपी कार्कीले जानकारी दिए ।
प्रहरीले उनीसँगै रहेका २७ वर्षीय प्रमोद कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ । परियारलाई १ गोली लागेको छ । उनको भेरी अस्पतालमा उपचार भइरहेको एसपी कार्कीले बताए । उनीहरूको साथबाट ११० ग्राम ब्राउन सुगर समेत बरामद भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण