सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इजरायललाई बाइडेनको चेतावनी : रफाहमा कारबाही सुरु गरे हतियार आपूर्ति बन्द गर्छौं

बिहीबार, २७ वैशाख २०८१, ११ : ०४
बिहीबार, २७ वैशाख २०८१

वाशिङ्टन डीसी । इजरायलले गाजाको रफाहमा कारबाही सुरु गरेमा अमेरिकाले केही हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो चेतावनी दिएका हुन् । 

‘इजरायल रफाहमा अगाडि बढ्यो भने हामी रफाह जस्ता सहरहरूमा लड्न उपलब्ध गराइएका हतियारहरूको आपूर्ति बन्द गरिदिनेछौँ’ बाइडेनले भने । इजरायल पूर्ण रूपमा सुरक्षित रहन्छ भन्ने कुरा चाहिँ सुनिश्चित गरिने उनले बताए ।

अहिलेसम्म अमेरिकाले बारम्बार चेतावनी दिइरहेको भए पनि रफाहमा आक्रमण गर्ने कुरामा इजरायलले जोड दिइरहेको छ । रफाहमा हमासविरुद्ध ठुलो मात्रामा कारबाही नचलाइएसम्म युद्ध जित्न नसकिने इजरायलको भनाई छ ।

आक्रमण गर्ने चेतावनी दिँदै इजरायली सेनाले रफाहको पूर्वी क्षेत्रमा बसोबास गर्ने करिब एक लाख मानिसलाई खान युनिस र अल–मवासीमा जान आग्रह गरेको छ । इजरायलले रफाहमा बृहत् अपरेशन सुरु गरेमा ठुलो सङ्ख्यामा मानिसको ज्यान जान सक्ने चेतावनी मानवअधिकारवादी सङ्गठनहरूले दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप