इजरायललाई बाइडेनको चेतावनी : रफाहमा कारबाही सुरु गरे हतियार आपूर्ति बन्द गर्छौं
वाशिङ्टन डीसी । इजरायलले गाजाको रफाहमा कारबाही सुरु गरेमा अमेरिकाले केही हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो चेतावनी दिएका हुन् ।
‘इजरायल रफाहमा अगाडि बढ्यो भने हामी रफाह जस्ता सहरहरूमा लड्न उपलब्ध गराइएका हतियारहरूको आपूर्ति बन्द गरिदिनेछौँ’ बाइडेनले भने । इजरायल पूर्ण रूपमा सुरक्षित रहन्छ भन्ने कुरा चाहिँ सुनिश्चित गरिने उनले बताए ।
अहिलेसम्म अमेरिकाले बारम्बार चेतावनी दिइरहेको भए पनि रफाहमा आक्रमण गर्ने कुरामा इजरायलले जोड दिइरहेको छ । रफाहमा हमासविरुद्ध ठुलो मात्रामा कारबाही नचलाइएसम्म युद्ध जित्न नसकिने इजरायलको भनाई छ ।
आक्रमण गर्ने चेतावनी दिँदै इजरायली सेनाले रफाहको पूर्वी क्षेत्रमा बसोबास गर्ने करिब एक लाख मानिसलाई खान युनिस र अल–मवासीमा जान आग्रह गरेको छ । इजरायलले रफाहमा बृहत् अपरेशन सुरु गरेमा ठुलो सङ्ख्यामा मानिसको ज्यान जान सक्ने चेतावनी मानवअधिकारवादी सङ्गठनहरूले दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण