पूर्वसैनिक शाहको ‘दरबारबाट देखेको नेपाल’ पुस्तक विमोचन
काठमाडौँ । ‘मैले देखेको दरबार’का लेखक पूर्वसैनिक सचिव विवेक कुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’को शनिबार विमोचन गरिएको छ ।
पूर्व सैनिक सचिव शाहले आफू दरबारमा कार्यरत रहँदाको तत्कालीन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक पुस्तकका रूपमा लेखेको पुस्तक ‘दरबारबाट देखेको नेपाल’को काठमाडौँको भृकुटीमण्डपमा एक समारोहकाबिच विमोचन गरेका हुन् ।
“शाही पाश्र्ववर्ती सैनिक” शाहले आफ्नो संस्मरणमा रहेको तत्कालीन समयका विषयवस्तु र घटनालाई विभिन्न भागमा पुस्तकमा समेटेका छन् ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै लेखक शाहले आफ्नो ३५ वर्षीय सैनिक सेवा र ३० वर्षीय दरबारको सेवामा रहँदा विभिन्न उतारचढाव भोगेका अनुभवहरूलाई पुस्तकमा समेटेको उल्लेख गरे ।
उनले भने, ‘ मैले चार, पाँच मिनेटको संवादका आधारमा ३५ वर्षीय सैनिक सेवा र ३० वर्षीय दरबारको सेवाबाट विश्राम लिए । मैले सैनिक सेवाबाट राजीनामा दिएपछि विभिन्न स्वदेशी तथा विदेशी मिडियाहरूले त्यही बेला दरबारमा रहँदाको अनुभव सुनाउन अन्तरवार्ताका लागि आएका थिए । मैले आफू उपयुक्त समय आएपछि बोल्ने भन्दै पन्छिए । यो पुस्तकमा धेरै अनुभवहरू समावेश गरेको छु ।’
पुस्तकमा उनले तत्कालीन समयमा पूर्वमन्त्री रमेशनाथ पाण्डेको दरबारभित्र विस्तारित प्रभाव र शाहसँगको आफ्नो सम्बन्धको बारेमा पनि उल्लेख गरेका छन् ।
‘प्रभाव विस्तारमा माहिर पाण्डे’ भनेर दरबारमा कार्यरत रहँदा उनीहरू बिचमा सम्बन्ध राम्रो नभएको प्रसङ्गलाई पुस्तकमा उल्लेख गरेका छन् ।
तत्कालीन समयमा रेवतीरमण खनाल दरबारका प्रमुख सचिव हुँदादेखि नै दरबारको सचिवालयसँग पाण्डेको एकदमै राम्रो सम्बन्ध रहँदै आएको भन्दै शाहले लेखेका छन्,‘खासगरी, प्रमुख सचिव खनालको अघोषित सल्लाहकार जस्तै हुनु हुँदो रहेछ पाण्डे। खनालसँगको सम्बन्धकै कारण बेलाबेला राजासँग दर्शनभेट पनि पाइरहनु हुँदो रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
नागरिकलाई न्याय दिलाउन स्थानीय अदालत आवश्यक छ
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण