सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुगुप’को विशेष प्रदर्शन

आइतबार, १३ फागुन २०८०, १२ : ५०
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । चलचित्र ‘सुगुप’को शनिबार बिग मुभिजमा विशेष प्रदर्शन गरियो । विशेष प्रदर्शनमा बिग मुभिजको दुईवटै हल दर्शकको खचाखच भिडका कारण व्यवस्थापन मिलाउन निर्माण पक्षलाई हम्मेहम्मे परेको थियो । सिट नपाएका दर्शकलाई १७ गते पनि सुगुपको पुनः प्रदर्शन हुने भएको छ । ‘सुगुप’ हेरिसकेपछि अधिकांश दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको विषयमा कोसेढुंगा सावित हुने प्रतिक्रिया दिए ।

किराँत याक्थुङ चुम्लुङ काठमाडौँ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा विशेष प्रदर्शन भएको हो । लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन प्रस्तुत कर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी दिए ।

चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरूको अभिनय रहेको छ ।

प्रस्तुत कर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द्व निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ । भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौँ, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको निर्देशन लोकेन साँबा लिम्बु हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप