चर्चित गजल गायक पंकज उदासको निधन

मुम्बई । चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनकी छोरी नायबले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकी हुन् ।
पंकज उदासलाई सन् २००६ मा भारतको प्रतिष्ठित पद्मश्री अवार्डबाट सम्मान गरिएको थियो।
गजल गायक पंकज उदास विगत केही दिनदेखि बिरामी थिए । ‘चिट्ठी आई है’ गीतबाट उनी चर्चित भएका थिए । गायक सोनु निगमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘आज मेरो बाल्यकालको सबैभन्दा महत्त्वपूर्ण अंश हराएको छ । पंकज उदासजी, तपाईंलाई सधैँ सम्झिरहनेछु म । तपाईं रहनुभएन भन्ने थाहा पाउँदा मन रोयो । जीवनको एक हिस्सा भएकोमा धन्यवाद, शान्ति ।’
पंकज उदासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरमा बसोबास गर्थे।
उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए। उनका बुबा केशुभाई उदास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उदासलाई गीत निकै मन पर्थ्यो । यही कारण पंकज उदास र उनका दुई दाजुकोसमेत संगीतप्रति नै समर्पण थियो ।
पंकज उदासका साथै दुवै दाजु मनहर र निर्जल उदास संगीत क्षेत्रका चर्चित नाम हुन् । पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका दुई छोरी नायब र रेवा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं महानगर क्षेत्रलाई निषेधित क्षेत्र बनाउने निर्णयको राप्रपाद्वारा कडा विरोध
-
बालाजु पौडी पोखरी सञ्चालनमा
-
शिवनाथमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने
-
शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहन्छौँ : राधिका शाक्य
-
थुम्के साहित्य महोत्सव–२०८२ सम्पन्न
-
१० बजे १० समाचार : राजावादी आन्दोलनमा धरपकडदेखि वाईसीएललाई प्रचण्डको निर्देशनसम्म