चर्चित गजल गायक पंकज उदासको निधन
मुम्बई । चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनकी छोरी नायबले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएकी हुन् ।
पंकज उदासलाई सन् २००६ मा भारतको प्रतिष्ठित पद्मश्री अवार्डबाट सम्मान गरिएको थियो।

गजल गायक पंकज उदास विगत केही दिनदेखि बिरामी थिए । ‘चिट्ठी आई है’ गीतबाट उनी चर्चित भएका थिए । गायक सोनु निगमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘आज मेरो बाल्यकालको सबैभन्दा महत्त्वपूर्ण अंश हराएको छ । पंकज उदासजी, तपाईंलाई सधैँ सम्झिरहनेछु म । तपाईं रहनुभएन भन्ने थाहा पाउँदा मन रोयो । जीवनको एक हिस्सा भएकोमा धन्यवाद, शान्ति ।’
पंकज उदासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरमा बसोबास गर्थे।
उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए। उनका बुबा केशुभाई उदास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उदासलाई गीत निकै मन पर्थ्यो । यही कारण पंकज उदास र उनका दुई दाजुकोसमेत संगीतप्रति नै समर्पण थियो ।
पंकज उदासका साथै दुवै दाजु मनहर र निर्जल उदास संगीत क्षेत्रका चर्चित नाम हुन् । पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका दुई छोरी नायब र रेवा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण