वाफ च्याम्पियनसिपको सेमिफाइनल आज : लेबनानलाई हराउँदै फाइनलमा पुग्ने धुनमा नेपाल
काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको मंगलबार राति हुने सेमिफाइनलमा नेपाली राष्ट्रिय महिला टोलीले लेबनानको सामना गर्दै छ । त्यसअघि मंगलबार नै जोर्डन र प्यालेस्टाइनबिच पहिलो सेमिफाइनल खेल हुनेछ ।
साउदी अरेबियामा जारी उक्त प्रतियोगितामा नेपाल र लेबनानबिचको सेमिफाइनल खेल राति १०ः४५ बजे सुरु हुनेछ । नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो ।
समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले इराकमाथि ५–० गोलको सजिलो जित हात पारेको थियो । समूहगत चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गरेको थियो ।
प्यालेस्टाइन पनि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । जारी प्रतियोगितामा नेपाल सबैभन्दा बढी गोल गर्ने टोली पनि हो । नेपालले हालसम्म १३ गोल गरिसकेको छ । नेपाली टोलीले हालसम्म एक गोलमात्र खाएको छ ।
नेपाली टोलीकी सावित्रा भण्डारी ‘साम्बा’ जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले समूहगत चरणमै आठ गोल गरिसकेकी छन् । सिरियाविरुद्धको खेलमा उनले एक गोल गरेकी थिइन् । इराकविरुद्धको खेलमा उनी एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेकी थिइन् ।
यसैगरी प्यालेस्टाइनविरुद्धको खेलमा पनि उनले दुई गोल गरेकी थिइन् । सावित्रा नेपालका लागि अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा गरेको गोल सँख्या ५२ पुगेको छ । जारी प्रतियोगितामा नेपालले आमन्त्रित टोलीका रूपमा सहभागिता जनाएको हो ।
जोर्डन र प्यालेस्टाइनबिचको पहिलो सेमिफाइनल खेल भने साँझ ७ः४५ बजे सुरु हुनेछ । समूह ‘ए’ बाट विजेताका रूपमा जोर्डन र उपविजेताका रूपमा लेबनान सेमिफाइनलमा पुगेका हुन् । समूहगत चरणमा जोर्डनले तीनवटै खेल जितेको थियो ।
त्यसैले जारी प्रतियोगितामा नेपालसँगै जोर्डन पनि बलियो टोलीका रूपमा देखिएको छ । लेबनानले भने तीनमध्ये दुई खेलमा जित हात पारेको थियो । जोर्डनले घरेलु टोली साउदी अरेबियालाई ३–१, ग्वामलाई ३–० र लेबनानलाई २–० गोलले हराएको थियो । लेबनानले भने ग्वामलाई ४–३ र साउदी अरेबियालाई ३–२ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण