को हुन् भारतले अन्तरिक्षमा पठाउन लागेको चार अन्तरिक्ष यात्री ?

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)को गगनयानमा अन्तरिक्षमा जाने चार अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका छन् । यो अन्तरिक्ष मिसन भारतले पहिलो पटक मानव पठाउन लागेको छ ।
केरलाको तिरुवनन्तपुरमस्थित विक्रम साराभाई स्पेस सेन्टरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले यस मिसनमा जान लागेका चार अन्तरिक्ष यात्रीको नाम घोषण गरेका छन् । यी चार अन्तरिक्ष यात्रीहरू समूह क्याप्टेन प्रशान्त बालकृष्णन नायर, समूह क्याप्टेन अजित कृष्णन, समूह क्याप्टेन अंगद प्रताप र विंग कमाण्डर शुभांशु शुक्ला हुन् । यिनीहरु चारै जना भारतीय वायुसेनामा कार्यरत छन् ।
‘यी चार नाम वा व्यक्ति होइनन् । १४० करोड आकांक्षालाई अन्तरिक्षमा लैजाने शक्ति हो । ४० वर्षपछि कोही भारतीय अन्तरिक्षमा जान लागेका छन् । यसपटक समय हाम्रो हो, काउन्टडाउन र रकेट पनि हाम्र्रै हुनेछ,’ मोदीले भने । यी चार अन्तरिक्ष यात्रीहरू बेंगलुरुको एस्ट्रोनट ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका छन् । यी अन्तरिक्षयात्रीहरूले रुसमा एक वर्ष लामो तालिम लिएका थिए । इसरोले सन् २०२४ देखि सन् २०२५ को बिचमा यो मिसन लञ्च गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अमेरिकी पत्रकार संघको अध्यक्षमा भण्डारी
-
बुद्ध जयन्ती केवल सांस्कृतिक उत्सव मात्र नभई शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड
-
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा
-
लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउन जरुरी छ : राष्ट्रिय सभा अध्यक्ष
-
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे
-
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति