को हुन् भारतले अन्तरिक्षमा पठाउन लागेको चार अन्तरिक्ष यात्री ?
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)को गगनयानमा अन्तरिक्षमा जाने चार अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका छन् । यो अन्तरिक्ष मिसन भारतले पहिलो पटक मानव पठाउन लागेको छ ।
केरलाको तिरुवनन्तपुरमस्थित विक्रम साराभाई स्पेस सेन्टरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले यस मिसनमा जान लागेका चार अन्तरिक्ष यात्रीको नाम घोषण गरेका छन् । यी चार अन्तरिक्ष यात्रीहरू समूह क्याप्टेन प्रशान्त बालकृष्णन नायर, समूह क्याप्टेन अजित कृष्णन, समूह क्याप्टेन अंगद प्रताप र विंग कमाण्डर शुभांशु शुक्ला हुन् । यिनीहरु चारै जना भारतीय वायुसेनामा कार्यरत छन् ।
‘यी चार नाम वा व्यक्ति होइनन् । १४० करोड आकांक्षालाई अन्तरिक्षमा लैजाने शक्ति हो । ४० वर्षपछि कोही भारतीय अन्तरिक्षमा जान लागेका छन् । यसपटक समय हाम्रो हो, काउन्टडाउन र रकेट पनि हाम्र्रै हुनेछ,’ मोदीले भने । यी चार अन्तरिक्ष यात्रीहरू बेंगलुरुको एस्ट्रोनट ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका छन् । यी अन्तरिक्षयात्रीहरूले रुसमा एक वर्ष लामो तालिम लिएका थिए । इसरोले सन् २०२४ देखि सन् २०२५ को बिचमा यो मिसन लञ्च गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण