शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बडी बनाउन युवकले ७६ वटा सिक्का र चुम्बक निलेपछि...

बुधबार, १६ फागुन २०८०, १५ : २३
बुधबार, १६ फागुन २०८०

नयाँ दिल्ली । बडी राम्रो बनाउन हामी जिम जान्छौँ, व्यायाम गर्छौ । खानपानमा विशेष ध्यान दिन्छौँ । 

भारतमा भने अचम्मको घटना सार्वजनिक भएको छ । बडी बनाउन एक युवकले दर्जनौँ सिक्का र चुम्बक खाएका छन् । २६ वर्षका ती युवक बारम्बार बान्ता आइरहेको र पेट दुखेको भन्दै दिल्लीको सर गंगाराम अस्पतालको आकस्मिक विभागमा जँचाउन आएका थिए ।

युवकको एक्स–रे रिपोर्ट हेर्दा ओपीडी डाक्टर तीन छक्क परे । उनको आन्द्रामा सिक्का र चुम्बकजस्तै देखिने दर्जनौँ वस्तुहरु थिए । बिरामीका घरपरिवारका सदस्यले साथमा एउटा एक्स–रे लिएर आएका थिए । यसले आन्द्रामा सिक्का र चुम्बकजस्ता वस्तुहरु भएको देखाएको थियो । पेटको सिटी स्क्यान गर्दा सिक्का र चुम्बकको तौलकै कारण आन्द्राको फङ्शनमा गडबडी भएको पाइयो । तत्कालै ती युवकको शल्यक्रिया गरियो । चुम्बक टाँसिएर आन्द्राका केही हिस्सा खराब भइसकेको थियो ।

शल्यक्रियाको क्रममा आन्द्राबाट १, २ र ५ रुपैयाँका कूल ३९ ओटा सिक्का निकालियो । मुटु, गोलो, तारा, त्रिकोण आदि आकारका ३७ ओटा चुम्बक निस्किए । शरीरमा जिंकको मात्रा बढाउन युवकले सिक्का र चुम्बक खाएको सोधपुछका क्रममा बताएका थिए । सिक्कामा जिंक हुन्छ । 

आन्द्रामा सिक्का टाँसिरहोस् र बढी जिंक अवशोषण होस् भनेर युवकले चुम्बक निलेका थिए । ती युवक मनोरोगी भएको र अहिले उनको उपचार चलिरहेको डाक्टरहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप