पुटिनका आलोचक नाभाल्नीको शुक्रबार मस्कोमा अन्त्येष्टि गरिने
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका राजनीतिक प्रतिद्वन्द्वी तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको शव शुक्रबार मस्कोमा अन्त्येष्टि गरिने भएको छ । यस महिनाको सुरुमा नाभाल्नीको आर्कटिक जेलमा अचानक मृत्यु भएको थियो ।
वर्षौँसम्म उनी पुटिनको कडा आलोचक थिए। नाभाल्नीकी श्रीमती युलिया नवेलनाया र पश्चिमी देशहरूले उनको मृत्युको लागि रुसी राष्ट्रपतिलाई जिम्मेवार ठहर गरेका छन्। उनको मृत्युको बारेमा धेरै सीमित जानकारी मात्र बाहिर आएको छ।
नवेलनायाले स्ट्रासबर्गमा युरोपेली संसद्लाई सम्बोधन गर्न लागेका बेला यो खबर आएको हो । अन्त्येष्टि शान्तिपूर्ण हुने वा बिदाइ गर्न आएकालाई प्रहरीले पक्राउ गर्ने भन्ने यकिन नभएको उनले बताइन् ।
सुरुमा रुसी अधिकारीहरूले नाभाल्नीको शव हस्तान्तरण गर्न अस्वीकार गरेका थिए । अन्ततः उनको मृत्युको आठ दिनपछि अधिकारीहरू शव हस्तान्तरण गर्न राजी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण