शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बेरोजगार युवायुवतीका लागि पोखरामा ‘जब फेयर’

बुधबार, १६ फागुन २०८०, २२ : ३१
बुधबार, १६ फागुन २०८०

गण्डकी । वडामा रहेका बेरोजगार युवायुवतीलाई लक्षित गरी कास्कीको पोखरा महानगरपालिका–१३ ले यही फागुन १८ गते ‘जब फेयर’ गर्ने भएको छ । लायन्स र लियो क्लब पोखराको सहकार्यमा वडामा रहेका कोही पनि युवायुवती बेरोजगार बस्नुु नपरोस् भन्ने उद्देश्यका साथ जब फेयर गर्न लागिएको हो । 

वडाध्यक्ष किरण बरालले बेरोजगारी अहिलेको सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगारी उपलब्ध गराउने सोचका साथ कार्यक्रम अघि सारिएको बताए ।

उगका अनुसार जब फेयरमा विभिन्न १२ कक्षबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ । वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोग बन्ने विश्वास व्यक्त गर्दै उगले भौतिक विकाससँगै आर्थिक विकासमा समेत सुधार ल्याउने कार्यक्रमको उद्देश्य रहेको बताए ।

उत्पादनदेखि प्रविधिमैत्री विषयमा जब फेयरमा जानकारी लिन पाइने छ । वडाका तर्फबाट यसअघि पनि फरक ढङ्गका कार्यक्रम गर्दै आएको वडाध्यक्ष बरालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप