आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कवाड व्यवसायीमाथि महानगरपालिकाको गैरकानुनी रूपमा हस्तक्षेप : साह

बिहीबार, १७ फागुन २०८०, १९ : २३
बिहीबार, १७ फागुन २०८०

 काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीमाथि गैरकानुनी रूपमा हस्तक्षेप गरेको बताएका छन् । 

अध्यक्ष साहले कवाड ब्यवसायीहरुको संघर्षमा आफू र आफ्नो दलको पूर्ण समर्थन रहने समेत बताए ।   काठमाडौँ महानगरले कवाड व्यवसायीमाथि गरेको गैरकानुनी हस्तक्षेप रोक्न माग गर्दै आज आयोजित बृहत् भेलामा उनले यस्तो बताएका हुन् । 

उक्त भेलाले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको र भोलि महानगरको कार्यालयमा ज्ञापन पत्र बुझाइने बताइएको छ।  साहले व्यवसाय गर्ने अधिकार सबैलाई रहेको भन्दै उचित विकल्प नदिई कवाड ब्यवसायीहरुलाई हटाउनु गलत हुने बताए ।  

साहले कवाड ब्यवसायीहरुको माग तुरुन्त सम्बोधन गर्नसमेत काठमाडौँ महानगरको ध्यानाकर्षण गराएका छन् । उनले कवाड व्यवसायी र सो पेसामा आबद्ध सबैलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप