आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
बंगलादेशसँग स्तब्ध बन्यो नेपाल, तस्बिरहरू

बंगलादेशसँग स्तब्ध बन्यो नेपाल, तस्बिरहरू

शनिबार, १९ फागुन २०८०

काठमाडौँ । राजधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा ब‌ंगलादेशसँग पराजित भएको छ ।  च्यासल मैदानमा भएको खेलमा ब‌ंगलादेशले नेपाललाई २-० गोलले हराएको हो ।

बंगलादेशकी सौरबी प्रीतिले दुई गोल गरिन् । बंगलादेशले पहिलो हाफमा नै दुई गोल गर्दै घरेलु टोलीलाई दबाबमा राख्यो । तर दोस्रो हाफमा भने दुवै तर्पmबाट गोल हुन सकेन । खेलको २४औं मिनेटमा प्रीतिले गोल गर्दै अग्रता दिलाइन् । पेनाल्टी बक्समा प्राप्त बललाई उनले नेपालका दुई डिफेन्डरलाई छक्याउँदै गोल गरेका हुन् ।

त्यसको पाँच मिनेटपछि नै बंगलादेशले पेनाल्टीमार्पmत अर्को गोल थप्यो । नेपालकी गोलकिपर झर्ना दुम्राकोटीलाई अल्पी अक्तरलाई लडाएपछि बंगलादेशले पेनाल्टी पायो । सो अवसर सदुपयोग गर्दै प्रीतिले बंगलादेशको अग्रता दोब्बर बनाइन् । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र घरेलु टोली २–० ले पछाडि पर्‍यो । दोस्रो हाफमा दुवै तर्पmबाट प्रयास भएपनि गोल हुन सकेन र नेपालले हारबाट च्याम्पियनसिपको शुरुवात ग¥यो । जितसँगै बंगलादेशले पहिलो खेलबाट तीन अंक जोड्यो । समान खेलबाट भारतको पनि तीन अंक नै छ ।

शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो । साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बङ्गलादेशसहित चार टिमले सहभागिता जनाएका छन् । राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।  

saf u16 (1)saf u16 (2)saf u16 (3)saf u16 (4)saf u16 (5)saf u16 (6)saf u16 (7)saf u16 (8)saf u16 (9)saf u16 (10)saf u16 (11)saf u16 (12)saf u16 (13)saf u16 (14)saf u16 (15)saf u16 (16)saf u16 (17)saf u16 (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया