आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अम्बानीको विवाहमा प्रस्तुति दिन रिहानाले लिइन् ५४ करोड भारु पारिश्रमिक

आइतबार, २० फागुन २०८०, १६ : २०
आइतबार, २० फागुन २०८०

मुम्बई । पप संगीतको दुनियाँको सबैभन्दा ठुलो हस्तीमध्ये एक रिहानाको असली नाम रोबिन रिहान फेन्टी हो । २० फेब्रुअरी १९८८ मा जन्मिएकी रिहाना बारबाडोसकी हुन् ।  मात्र १५ वर्षको उमेरमा सांगीतिक यात्रा सुरु गरेकी रिहाना ३३ वर्षको उमेरमै अर्बपति बनेकी थिइन् । सन् २००७ मा रिलिज भएको एल्बम गुड गर्ल गन ब्याडबाट उनले विश्वभर पहिचान बनाइन् । 

रिहानाले अहिलेसम्म २० करोडभन्दा बढी म्युजिक रेकर्ड बिक्री गरिसकेकी छन् । उनको नाममा कयौँ अवार्डहरू रहेका छन् जसमा ९ वटा ग्रामी पनि समावेश छ । हालै रिहानाले भारतका अर्बपति व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको गुजरातमा आयोजित प्रि–वेडिङ समारोहमा प्रस्तुति दिएकी थिइन् । तीन दिनसम्म चल्ने समारोहको पहिलो दिन रिहानाले आफ्नो प्रस्तुति दिएकी हुन् ।

रिहानाले आफ्ना चर्चित गीतहरू– वाइल्ड थिंग्स, पोर इट अप, डायमन्ड्सजस्ता गीतहरू प्रस्तुत गरेकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले कार्यक्रममा प्रस्तुति दिनका लागि करिब ५४ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । 

उनले कार्यक्रममा दौरान बलिउडका गीतमा पनि अन्य सेलिब्रेटीहरुसँग नाचेकी थिइन् । विवाह समारोहमा विश्वभरका हस्तीदेखि बलिउडका कलाकारहरू सहभागी भएका छन् । -दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप