अम्बानीको विवाहमा प्रस्तुति दिन रिहानाले लिइन् ५४ करोड भारु पारिश्रमिक
मुम्बई । पप संगीतको दुनियाँको सबैभन्दा ठुलो हस्तीमध्ये एक रिहानाको असली नाम रोबिन रिहान फेन्टी हो । २० फेब्रुअरी १९८८ मा जन्मिएकी रिहाना बारबाडोसकी हुन् । मात्र १५ वर्षको उमेरमा सांगीतिक यात्रा सुरु गरेकी रिहाना ३३ वर्षको उमेरमै अर्बपति बनेकी थिइन् । सन् २००७ मा रिलिज भएको एल्बम गुड गर्ल गन ब्याडबाट उनले विश्वभर पहिचान बनाइन् ।
रिहानाले अहिलेसम्म २० करोडभन्दा बढी म्युजिक रेकर्ड बिक्री गरिसकेकी छन् । उनको नाममा कयौँ अवार्डहरू रहेका छन् जसमा ९ वटा ग्रामी पनि समावेश छ । हालै रिहानाले भारतका अर्बपति व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको गुजरातमा आयोजित प्रि–वेडिङ समारोहमा प्रस्तुति दिएकी थिइन् । तीन दिनसम्म चल्ने समारोहको पहिलो दिन रिहानाले आफ्नो प्रस्तुति दिएकी हुन् ।
रिहानाले आफ्ना चर्चित गीतहरू– वाइल्ड थिंग्स, पोर इट अप, डायमन्ड्सजस्ता गीतहरू प्रस्तुत गरेकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले कार्यक्रममा प्रस्तुति दिनका लागि करिब ५४ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।
उनले कार्यक्रममा दौरान बलिउडका गीतमा पनि अन्य सेलिब्रेटीहरुसँग नाचेकी थिइन् । विवाह समारोहमा विश्वभरका हस्तीदेखि बलिउडका कलाकारहरू सहभागी भएका छन् । -दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण