आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्डियन आइडल १४’ को उपाधि वैभव गुप्तालाई

सोमबार, २१ फागुन २०८०, ११ : २१
सोमबार, २१ फागुन २०८०

नयाँ दिल्ली । चर्चित भारतीय टिभी रियालिटी शो ‘इन्डियन आइडल १४’ मा वैभव गुप्ता विजेता बनेका छन् । आइतबार राति भएको ग्राण्ड फिनालेमा कानपुरका वैभव उपाधि विजेता बनेका हुन् । उपाधिसँगै उनले २५ लाख भारुको चेक र ‘हट एण्ड टेकी’ ब्रेजा कार पनि पाएका छन् ।

ग्रान्ड फिनालेमा सोनू निगम विशेष जज बनेका थिए । फिनालेमा नेहा कक्कड पनि सहभागी भएकी थिइन् । प्यारेलाल सिम्फनी च्यालेन्जमा वैभवले १९९१ को एक्शन क्राइम ड्रामा ‘हम’ को झुम्मा चुम्मा दे दे गाएका थिए । फाइनलमा वैभवले अन्तिम गीत सोनु निगमसँग जोरु का गुलाम गाएका थिए ।

फिनालेमा आद्या मिश्रा, अनन्या पाल, पियुष पनवार, सुभदीप दास, अञ्जना पद्मनाभन र वैभव गुप्ताबिच प्रतिस्पर्धा भएको थियो । शोमा शुभदीप र पियुष फस्ट र सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै ५ लाख भारुको चेक पाएका थिए । अनन्या शोकी थर्ड रनरअप भइन् । ट्रफीको साथमा उनले तीन लाख भारु पुरस्कार पाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप