‘इन्डियन आइडल १४’ को उपाधि वैभव गुप्तालाई
नयाँ दिल्ली । चर्चित भारतीय टिभी रियालिटी शो ‘इन्डियन आइडल १४’ मा वैभव गुप्ता विजेता बनेका छन् । आइतबार राति भएको ग्राण्ड फिनालेमा कानपुरका वैभव उपाधि विजेता बनेका हुन् । उपाधिसँगै उनले २५ लाख भारुको चेक र ‘हट एण्ड टेकी’ ब्रेजा कार पनि पाएका छन् ।
ग्रान्ड फिनालेमा सोनू निगम विशेष जज बनेका थिए । फिनालेमा नेहा कक्कड पनि सहभागी भएकी थिइन् । प्यारेलाल सिम्फनी च्यालेन्जमा वैभवले १९९१ को एक्शन क्राइम ड्रामा ‘हम’ को झुम्मा चुम्मा दे दे गाएका थिए । फाइनलमा वैभवले अन्तिम गीत सोनु निगमसँग जोरु का गुलाम गाएका थिए ।
फिनालेमा आद्या मिश्रा, अनन्या पाल, पियुष पनवार, सुभदीप दास, अञ्जना पद्मनाभन र वैभव गुप्ताबिच प्रतिस्पर्धा भएको थियो । शोमा शुभदीप र पियुष फस्ट र सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै ५ लाख भारुको चेक पाएका थिए । अनन्या शोकी थर्ड रनरअप भइन् । ट्रफीको साथमा उनले तीन लाख भारु पुरस्कार पाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण