चालकविहीन रेल ८४ किमी गुडेपछि...
नयाँ दिल्ली । चालक सवार नरहेको एउटा रेल ८४ किमी गुडेको छ । यो घटना भारतको हो ।
गत साता आइतबार बिहान एउटा मालवाहक रेल जम्मुबाट पन्जाब जाँदै थियो । चिया खानका लागि भनेर काथुवा स्टेशनमा चालक रेलबाट ओर्लिए । तर चालक दलले रेलमा ब्रेक लगाउन बिर्से । स्टेशन भिरालो ठाउँमा थियो । त्यसपछि ५३ ओटा डब्बा भएको सो रेल सर्रर गुड्दै गइरह्यो ।
रेल आफैँ गुडेको थाहा पाउने बित्तिकै जम्मु रेल्वे स्टेशनका निर्देशक र डिभिजन ट्राफिक म्यानेजर दौडिएर काथुवा स्टेशन तिर लागे । सारा कर्मचारीहरूलाई परिचालन गरियो । चालक बिनाको रेल गुडेपछि बाटोमा पर्ने सबै स्टेशनहरुलाई अलर्ट गराएर उक्त रेलका लागि बाटो खुला गराइएको थियो । कयौँ स्टेशनहरु रेललाई रोक्ने प्रयास पनि गरिएको थियो । तर प्रयास असफल भयो ।
रेलले ढुंगा बोकेको थियो । बिहान ७ बजेर २५ मिनेटमा गुड्न थालेको रेल ९ बजेमात्रै रोक्न सकियो । करिब ८४ किलोमिटर गुडिसकेपछि पन्जाबको उच्ची बस्सीको उकालोमा रेलको गति कम भएको बेला एकजना रेल चालक सो रेलमा चढेर आकस्मिक ब्रेक तानेर रेल रोक्न सफल भएको बताइएको छ । सामाजिक सञ्जालहरुमा चालकविहीन रेल गुडिरहेको भिडियोहरू भाइरल भएका छन् ।
उक्त घटनामा सो रेलका दुई जना चालकसहित ६ जनलाई निलम्बन गरिएको छ र घटनाको अनुसन्धान सुरु गरिएको छ । निलम्बन हुनेमा दुई चालकसँगै स्टेशनका सुपरिटेन्डेन्ट, पोइन्ट म्यान र अर्का अधिकारी पनि छन् । भविष्यमा यस्ता खालको घटनाहरू घट्न नदिने स्थानीय स्तरमा र उच्चस्तर दुवै तिर छानबिन सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण