ग्राहक बनेर शोरुम पुगेको चोर ‘टेस्ट ड्राइभ’को बहानामा गाडी लिएर फरार
सोमबार, २१ फागुन २०८०, २० : ३५
काठमाडौँ । ग्राहक बनेर शोरुममा पुगेको एक चोर ‘टेस्ट ड्राइभ’को बहाना बनाएर गाडी लिएरै फरार भएको घटना प्रकाशनमा आएको छ ।
भारतको नोएडामा गाडी किन्न भनेर शोरुममा पुगेका मोहित चावला नाम गरेका व्यक्तिले ‘थार’ गाडी रोजेका थिए । उनले ‘टेस्ट ड्राइभ’का लागि भन्दै शनिबार शोरुमबाट गाडी लगेको तर त्यसपछि फर्किएर नआएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
सीसीटीभी तथा अन्य माध्यमबाट अनुसन्धानमा जुटेको प्रहरीले चावलालाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले चोरी भएको गाडीसमेत बरामद गरेको बताइएको छ ।
प्रहरीका अनुसार तिलकनगर निवासी चावला पेसेवर चोर रहेको अनुसन्धानबाट पत्ता लागेको छ । उनीविरुद्ध दिल्ली–एनसीआरमा कयौँ उजुरी दर्ता भएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण