सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राहक बनेर शोरुम पुगेको चोर ‘टेस्ट ड्राइभ’को बहानामा गाडी लिएर फरार

सोमबार, २१ फागुन २०८०, २० : ३५
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । ग्राहक बनेर शोरुममा पुगेको एक चोर ‘टेस्ट ड्राइभ’को बहाना बनाएर गाडी लिएरै फरार भएको घटना प्रकाशनमा आएको छ ।

भारतको नोएडामा गाडी किन्न भनेर शोरुममा पुगेका मोहित चावला नाम गरेका व्यक्तिले ‘थार’ गाडी रोजेका थिए । उनले ‘टेस्ट ड्राइभ’का लागि भन्दै शनिबार शोरुमबाट गाडी लगेको तर त्यसपछि फर्किएर नआएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

सीसीटीभी तथा अन्य माध्यमबाट अनुसन्धानमा जुटेको प्रहरीले चावलालाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले चोरी भएको गाडीसमेत बरामद गरेको बताइएको छ ।

प्रहरीका अनुसार तिलकनगर निवासी चावला पेसेवर चोर रहेको अनुसन्धानबाट पत्ता लागेको छ । उनीविरुद्ध दिल्ली–एनसीआरमा कयौँ उजुरी दर्ता भएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप