कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता
काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता गरेको श्रोतले बताएको छ ।
इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी हुन् । आफूलाई पटक पटक करणीको प्रयास गरिएको र महिलाकै कोठामा समेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् ।
अहिले भने ती पीडित महिलाले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् । पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि गायक कँडेलले पनि ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा समेत फिर्ता लिइएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण