बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ सत्ता गठबन्धनप्रति गगन थापाको आक्रामक भिडियो सन्देश

बुधबार, २३ फागुन २०८०, २० : ५२
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवगठित गठबन्धन सत्ता स्वार्थका लागि बनेको भन्दै यो  कुनै पनि बेला फुट्न सक्ने दाबी गरेका छन् ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेपछि उनले बुधबार भिडियो सन्देश सार्वजनिक गर्दै कुनै राजनीतिक स्थायित्वका लागि नभई बाँडिचुँडी खान सत्ता स्वार्थमा अवसरवादी नयाँ गठबन्धन  बनेको बताए ।

उनले नयाँ गठबन्धन हिँड्न त परै जाओस् आफ्नै भारीले थिचिएर फतक्क कुहिएर झर्ने टिप्पणी गरेका छन् ।

‘भागबन्डा नमिल्ना साथ भोलि कुनैबेला गठबन्धन भत्किने नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासको पुनरावृत्ति हुने प्रष्ट छ,’ उनले भने ।

कांग्रेस नेतृत्वको गठबन्धन टुटेको सन्दर्भमा थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेला गठबन्धन टुटाउन सक्छन् भन्ने कुरामा आफू पहिल्यै प्रष्ट रहेको सुनाए ।

‘कुनै अलमलमा नपरौँ । धोका दिने नै नियत भएकाले, आज नभए भोलि धोका दिन्थे नै१,’ भिडिओमा उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप