नयाँ सत्ता गठबन्धनप्रति गगन थापाको आक्रामक भिडियो सन्देश
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवगठित गठबन्धन सत्ता स्वार्थका लागि बनेको भन्दै यो कुनै पनि बेला फुट्न सक्ने दाबी गरेका छन् ।
कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेपछि उनले बुधबार भिडियो सन्देश सार्वजनिक गर्दै कुनै राजनीतिक स्थायित्वका लागि नभई बाँडिचुँडी खान सत्ता स्वार्थमा अवसरवादी नयाँ गठबन्धन बनेको बताए ।
उनले नयाँ गठबन्धन हिँड्न त परै जाओस् आफ्नै भारीले थिचिएर फतक्क कुहिएर झर्ने टिप्पणी गरेका छन् ।
‘भागबन्डा नमिल्ना साथ भोलि कुनैबेला गठबन्धन भत्किने नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासको पुनरावृत्ति हुने प्रष्ट छ,’ उनले भने ।
कांग्रेस नेतृत्वको गठबन्धन टुटेको सन्दर्भमा थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेला गठबन्धन टुटाउन सक्छन् भन्ने कुरामा आफू पहिल्यै प्रष्ट रहेको सुनाए ।
‘कुनै अलमलमा नपरौँ । धोका दिने नै नियत भएकाले, आज नभए भोलि धोका दिन्थे नै१,’ भिडिओमा उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत
-
‘सङ्घीयता गुमे समावेशिता, लोकतन्त्र र संविधान गुम्ने खतरा’
-
कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण