ठूला सहकारीको पहिचान गरी राष्ट्र बैंकको संलग्नतामा अनुगमनको काम भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला कारोबार गर्ने सहकारीको पहिचान गरी राष्ट्र बैंकको सहभागितामा अनुगमनको काम भइरहेको बताएका छन् । बिहिबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म १८ वटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरी सम्पत्ति फरफारक गरी सहकारी व्यवस्थापन समितिमा पठाइसकिएको बताए ।
उनले मिटरब्याजी पीडितका समस्या समाधान गर्न गत वर्ष चैत २० गते उच्चस्तरीय अनुसन्धान आयोग बनाएको, २७ हजार उजुरी संकलन गरेको ५ हजार बढी फच्छ्यौट भएको बताए । बाँकी उजुरी समाधानका लागि गत माघ ३ गतेको मन्त्रिपरिषद बैठकबाट कार्यविधि स्वीकृत समेत गरिसकेको, फौजदारी कार्यविधी संशोधन गरेको जानकारी गराए । २ हजार बढी उजुरी मेलमिलापबाट टुङ्गो लगाएको उनले बताए । आन्दोलित मिटर ब्याज पीडितहरुसँग वार्ता गर्नका लागि गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ताटोली गठन भएको जानकारी गराए ।
सहकारीसँग सम्बन्धित समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा गठित छानबिन समितिले दिएको सुझाव कार्यान्वयन भइरहेको बताए । सहकारीलाई नियमन गर्ने कानुनको मस्यौदा अन्तिम चरणमा रहेको जानकारी दिए ।
प्रधानमन्त्रीले भने– ‘सहकारी संघ संस्थाको सम्पत्ति र दायित्व लगायतको वित्तिय अवस्था देखिने श्वेतपत्र जारी गर्ने, सहकारीका सञ्चालक, लेखा सुपरिवेक्षणका पदाधिकारी तथा व्यवस्थापनको सम्पत्ति विवरण पेश गर्ने र आगामी चैत मसान्तसम्म बचत फिर्ता गर्न निर्देशन गरिसकिएको छ ।’
सहकारी बचत तथा कर्जा सुरक्षण कोष, कर्जा असुली न्यायाधिकरण र सहकारी कर्जा सूचना केन्द्र लगायतका संस्थागत संरचना स्थापना र सञ्चालनका लागि आवश्यक गृहकार्य अघि बढाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण