भारत : बलात्कृत छोरीले आत्महत्या गरेपछि पिताद्वारा पनि आत्महत्या
यूपी । केही दिनअघि उत्तर प्रदेशको हमिरपुरमा बस्ने दुई आफन्त पर्ने दिदीबहिनीमाथि कानपुरस्थित इँटा भट्टामा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो । घटनापछि दुई जनाले आत्महत्या गरेका थिए ।
अहिले दुईमध्ये एक पीडितका बुवाले समेत आत्महत्या गरेका छन् । इँटा भट्टाका मालिकले पीडित परिवारलाई सहमतिका लागि दबाब दिएको आरोप छ । अहिले प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन् ।
भारतीय मिडियाका अनुसार हमिरपुरको सिलोसर थाना क्षेत्रमा बस्ने एक परिवार कानपुरको घाटमपुरमा बसेर इँटा भट्टामा काम गर्थे । उनीहरूका छोरीहरूको बलात्कार गरेर भिडियोसमेत बनाइएको थियो । घटनापछि दुवैले आत्महत्या गरेका थिए । प्रहरीले घटनामा संलग्न सबै आरोपितलाई पक्राउ गरिसकेको छ ।
घटनापछि इँटा भट्टाको सञ्चालकले परिवारलाई सहमति पत्रमा हस्ताक्षर गर्नका लागि दबाब दिइरहेका थिए । दबाबबिच पिताले पनि आत्महत्याको बाटो रोजेको बताइएको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।
इँटा भट्टाका ठेकेदार रामस्वरुप, रज्जू र सञ्जूले दुई नाबालिगहरूलाई रक्सी खुवाएर बलात्कार गरेका थिए । घटनाको भिडियो बनाएर उनीहरूले ब्ल्याकमेलिङसमेत सुरु गरेका थिए । यसबाट आहत भएर दुई जनाले २९ फेब्रुअरीमा आत्महत्या गरेका थिए । –आजतकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण