महिलाको राजनीतिक अधिकार स्थापित भएको छ : सभामुख
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
उनले महिला दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश एवं विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । “विश्वमा सदियौँदेखि चलिरहेको महिला अधिकार आन्दोलन फरकफरक स्वरूपमा आज पनि जारी छ, नेपालमा पनि विभिन्न आन्दोलनले महिलाको राजनीतिक अधिकारलाई विश्वमै उदाहरणीय हुने गरी स्थापित गरेको छ”, शुभकमना सन्देशमा भनिएको छ, “राजनीतिक अधिकारको अर्थ समानता, स्वतन्त्रता, अवसर, पहुँच, पहिचान र हैसियतको प्रयोगमा बराबरीको हिस्सा पनि हो, राजनीतिकरूपमा महिलाको अधिकार सुनिश्चित भए पनि सशक्तीकरणको लक्ष्य प्राप्त गर्न सबै पक्ष र क्षेत्रमा सकारात्मक सोच, दृढ इच्छाशक्ति र प्रतिबद्धता हुन जरुरी छ ।”
‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ यो दिवस नेपालमा आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चित गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक मार्च ८ को दिनमा नारीहरूको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ ।
अन्तर्राष्ट्रिय महिला दिवसलाई महिला जागरुकतासम्बन्धी दिवसको रुपमा पनि लिने गरिएको छ । राजनीतिक तवरबाट सुरू भएको भए तापनि हाल यस दिवसमा महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता आदि सवालमा बहस हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण