मधानी महोत्सवमा गोविन्दा, पल शाहसहितका कलाकारले दिए प्रस्तुति, तस्बिरहरु
शुक्रबार, २५ फागुन २०८०, २० : ३८
रौतहट । रौतहटको मौलापुरमा जारी मधानी महोत्सवमा बलिउड अभिनेता गोविन्दा आहुजा, नेपाली चलचित्रका नायक पल शाह लगायतका कलाकारले प्रस्तुति दिएका छन् ।
पाँच दिनसम्म चल्ने सो महोत्सवमा चौथो दिन शुक्रबार अभिनेता गोविन्दा, पल शाह, भारतीय भोजपुरी नायिका निलम गिरी, भोजपुरी फिल्म निर्देशक तथा गायक विनय बिहारी, नेपाली फिल्म निर्देशक दिनेश जिसी, गायक रविराज साह, सुनिल पण्डित, कलाकार रचना शिवाकोटी , प्रीति पासवान, लगायतले प्रस्तुति दिएका हुन् ।
उक्त अवसरमा अभिनेता गोविन्दाले आफ्नो ससुराली काठमाडौँमा रहेको बताउँदै नेपालीसँग विशेष लगाव रहेको बताए । शुक्रबारको विशेष सांस्कृतिक कार्यक्रममा ५० हजारभन्दा बढी दर्शक सहभागी भएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण