बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दिलकुमारी, रमेशजंग र अनिता देवकोटाले फिर्ता गरे सवारी साधनसहितका सेवा सुविधा

आइतबार, २७ फागुन २०८०, १५ : २८
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय सभाका तीन जना निवर्तमान सदस्यहरुले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गरेका सवारीसाधनसहितका सेवासुविधाहरु सरकारलाई फिर्ता गरेका छन् । 

सेवासुविधा फिर्ता गर्ने तीन जना पूर्वसदस्यहरुमा नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी पूर्व सदस्य दिलकुमारी थापा रावल (पार्वती) छिन् । उनी एवं राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्वसभापति समेत हुन् । 

त्यस्तै  नेपाली काँग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता बनेका रमेशजंग रायमाझी र काँग्रेसबाटै राष्ट्रिय सभा प्रमुख सचेतक बनेकी अनिता देवकोटाले पनि सुविधा फिर्ता गरेका छन् । आफ्नो कार्यकाल सकिएसँगै उनीहरुले सरकारबाट प्राप्त सवारीसाधनसहितका लिएका सबै सुविधा फिर्ता गरेका हुन् । 

गत फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सदस्यको कार्याकाल सकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप