दिलकुमारी, रमेशजंग र अनिता देवकोटाले फिर्ता गरे सवारी साधनसहितका सेवा सुविधा
आइतबार, २७ फागुन २०८०, १५ : २८
काठमाडौँ । राष्ट्रिय सभाका तीन जना निवर्तमान सदस्यहरुले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गरेका सवारीसाधनसहितका सेवासुविधाहरु सरकारलाई फिर्ता गरेका छन् ।
सेवासुविधा फिर्ता गर्ने तीन जना पूर्वसदस्यहरुमा नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी पूर्व सदस्य दिलकुमारी थापा रावल (पार्वती) छिन् । उनी एवं राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्वसभापति समेत हुन् ।
त्यस्तै नेपाली काँग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता बनेका रमेशजंग रायमाझी र काँग्रेसबाटै राष्ट्रिय सभा प्रमुख सचेतक बनेकी अनिता देवकोटाले पनि सुविधा फिर्ता गरेका छन् । आफ्नो कार्यकाल सकिएसँगै उनीहरुले सरकारबाट प्राप्त सवारीसाधनसहितका लिएका सबै सुविधा फिर्ता गरेका हुन् ।
गत फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सदस्यको कार्याकाल सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण