शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा ७० लाख डलरमा नेपालीले किने होटल

सोमबार, २८ फागुन २०८०, १३ : ४०
सोमबार, २८ फागुन २०८०

अमेरिका । ७० लाख डलर खर्चिएर नेपालीले अमेरिकामा ‘ला क्विन्ता होटल’ खरिद गरेका छन् । टेक्सासबाट सञ्चालन भइरहेको हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले साझेदारीमा उक्त होटल किनेका हुन् ।  टेक्सासको कार्नेस सिटीमा रहेको उक्त होटल अर्का नेपाली व्यवसायी विकल ढकालसँगको साझेदारीमा खरिद गरेर सञ्चालन गर्न लागिएको हो । 

न्यू ल्याक्स इन्भेष्टमेन्ट एलएलसीको नाममा होटल खरिद गरिएको न्यौपानले बताए । अर्भिङ टेक्सासमा मुख्यालय रहेको ला क्विन्ता इन्स एण्ड स्वीट्स ब्राण्डका होटलहरु अमेरिकालगायत क्यानडा मेक्सीको र होण्डुरसमा सञ्चालित छन् । आर्थिक मन्दीका बीच जोखिम मूल्यांकनका साथै वित्तीय तथ्यांकको राम्रो अध्ययन गरेर नयाँ व्यवसाय सञ्चालन गर्न लागिएको ढकालको भनाइ छ । 

वर्षको सरदर ९५ प्रतिशत अकुपेन्सी हुने गरेको यो तीनतारे होटलमा ६९ कोठा छन् । न्यौपाने र ढकालको  समूहले टेक्सासकै साउथ पाद्रेमा पनि अर्को होटल सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको छ ।   न्यौपाने हाल नेपाल अमेरिका पत्रकार संघ (नेजा)को कायबाहक अध्यक्ष पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप