अमेरिकामा ७० लाख डलरमा नेपालीले किने होटल
अमेरिका । ७० लाख डलर खर्चिएर नेपालीले अमेरिकामा ‘ला क्विन्ता होटल’ खरिद गरेका छन् । टेक्सासबाट सञ्चालन भइरहेको हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले साझेदारीमा उक्त होटल किनेका हुन् । टेक्सासको कार्नेस सिटीमा रहेको उक्त होटल अर्का नेपाली व्यवसायी विकल ढकालसँगको साझेदारीमा खरिद गरेर सञ्चालन गर्न लागिएको हो ।
न्यू ल्याक्स इन्भेष्टमेन्ट एलएलसीको नाममा होटल खरिद गरिएको न्यौपानले बताए । अर्भिङ टेक्सासमा मुख्यालय रहेको ला क्विन्ता इन्स एण्ड स्वीट्स ब्राण्डका होटलहरु अमेरिकालगायत क्यानडा मेक्सीको र होण्डुरसमा सञ्चालित छन् । आर्थिक मन्दीका बीच जोखिम मूल्यांकनका साथै वित्तीय तथ्यांकको राम्रो अध्ययन गरेर नयाँ व्यवसाय सञ्चालन गर्न लागिएको ढकालको भनाइ छ ।
वर्षको सरदर ९५ प्रतिशत अकुपेन्सी हुने गरेको यो तीनतारे होटलमा ६९ कोठा छन् । न्यौपाने र ढकालको समूहले टेक्सासकै साउथ पाद्रेमा पनि अर्को होटल सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको छ । न्यौपाने हाल नेपाल अमेरिका पत्रकार संघ (नेजा)को कायबाहक अध्यक्ष पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
-
बालुवामा पुरिएर मजदुरको मृत्यु
-
मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
-
विश्वकपका यादगार गोलहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण