अल–कायदा नेता बतारफीको मृत्यु, अमेरिकाले राखेको थियो ५० लाख डलर पुरस्कार
यमन । अल–कायदाको यमन शाखाले आफ्नो नेता खालिद बतारफीको मृत्यु भएको जानकारी दिएको छ । यद्यपि उनको मृत्यु के परिस्थितिमा भएको हो भन्ने बारे कुनै जानकारी आएको छैन ।
अल-कायदा इन द अरेबियन पेनिन्सुला (एक्यूएपी) को भिडियोमा बतारफीको शव कफनमा बेरिएको देखाइएको छ। उनको शरीरमा संगठनको ब्यानर बेरिएको छ । संगठनसँग सम्बद्ध एक वरिष्ठ सदस्यले उनको मृत्यु कसरी भयो भन्ने खुलाउन चाहेनन् । तर उनले आफ्नो पूर्ववर्ती जस्तै ‘मारिएनन्’ भन्ने शब्द प्रयोग गरे ।
साउदी अरबका नागरिक बतारफी आफ्नो उमेरको चौथो दशकमा थिए । उनी २०२० मा एक्यूएपीको नेता बने। अमेरिकाले सन् २०१८ मा उनलाई ‘वैश्विक आतंकवादी’ को सूचीमा राखेको थियो । उनीमाथि पचास लाख डलर पुरस्कार राखिएको थियो ।
एक्यूएपीको मिडियाद्वारा एक सोशल मिडिया पोस्टमा संगठनका अधिकारी अबु खुबयब अल-सुदानीले बतारफीको मृत्युको बारेमा जानकारी दिने बयान पढिरहेको देखिन्छ। उनलाई कसैले आक्रमण गरी मारेको हो भन्ने कुरा भने त्यहाँ उल्लेख गरिएको छैन ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण