सातौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पो सम्पन्न
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।
फागुन २४ देखि २८ गतेसम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तर्राष्ट्रिय बस्तुहरु प्रर्दशनीमा राखिएको थियो । एक्स्पोको ४० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
आर्थिक सुस्तताकाबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए । एक्स्पोमा स्वदेशमै उत्पादित कृषि जन्य बस्तुहरु, हस्तकलाका सामाग्री प्रर्दशनीमा राखिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले सातौँ चरणको एक्स्पो सम्पन्न गरेको हो ।
एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका थिए । एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले समेत सहभागिता जनाएका छन् । एक्स्पोमार्फत स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाई छ । कठिन आर्थिक परिस्थितिका बिच अर्थतन्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो सफल भएको अध्यक्ष मल्लको भनाई छ ।
चेम्बरले प्रत्येक वर्ष चेम्बर एक्स्पो आयोजना गर्दै आएको छ । अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय बस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा समेत जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण