आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले नेपाली र्‍यापरहरुलाई कुनै सहयोग गरेन : र्‍यापर जिबब

बुधबार, ३० फागुन २०८०, १७ : २६
बुधबार, ३० फागुन २०८०

बारा । चर्चित र्‍यापर जिबबले सरकारले नेपाली र्‍यापर कलाकारलाई कुनै सहयोग नगरेको बताएका छन् । जीतपुर सिमरा महोत्सवमा सहभागी हुन बुधवार सिमरा आएका र्‍यापर गायक जिबबले सरकारले र्‍यापरहरुका लागि अहिलेसम्म केही नगरेको गुनासो गरेका हुन् । 

‘जे गरेका छौं हामी आफैँले गरेका हौं, यहाँसम्म हामी आफैँ आएको हो सरकारले र्‍यापरहरुलाई अहिलेसम्म केही गरेको छैन’, जिबबले भने ‘कला क्षेत्रलाई माथि उठाउने हो भने सरकारले र्‍याप  स्कुल खोल्नुपर्‍यो, त्यहाँनिर हाम्रा आइडल कलाकारहरुको मूर्ति बनाएर सम्मान गर्नुपर्छ’

गायक जिबबले र्‍यापरहरुको भविष्य एकदमै उज्वल भएको दाबी समेत गरे । ‘लेख्न मात्रै आएर भएन, गाउन मात्रै आएर भएन प्रोप्रर म्यानेजमेन्ट भयो भने र्‍यापरहरुको भविष्य एकदमै उज्वल छ, हामी नेपाली हो भनेर विश्वभर चिनाउन सक्छौ’ उनले भने– ‘अहिले र्‍यापर गायकहरूका लागि धेरै प्लेटफर्महरू बन्दै गएका छन्, मैले यसपटक ४६  वटा सफल प्लेटफर्ममा आफ्नो प्रस्तुति देखाइसकेको छु ।’ 

पहिलो पटक र्‍याप गीत गाउनेहरुलाई सरकारले सम्मान गर्नुपर्ने उनको भनाई छ । जिबबले यमोबुद्ध आफ्नो आइडल भएको बताएका छन् । ‘यमोबुद्ध दाई नभएको भए यो क्षेत्रमा आज हामी कोही हुने थिएनौ, उहाँले बनाएको बाटोमा हामी हिँडेर यहाँ आइपुगेका हौ’

उनले पछिल्लो समय अंग्रेजी र्‍यापरको तुलनामा हिन्दी र्‍यापर बढी चलेको समेत बताए । 

जिबबले जीतपुर सिमराका युवाहरूको मागको आधारमा आफूले प्रस्तुति दिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप