उपनिर्वाचन गर्न ८ करोड लाग्ने
काठमाडौँ । आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ ।
आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो । अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्करले जानकारी गराएका थिए ।
‘निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभएको तर मतदानदेखि मतगणनासम्म कार्य सम्पन्न गर्न अत्यावश्यक बजेट मात्र सरकारसँग माग गरेको’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । आगामी वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ १ (१) मा उपनिर्वाचनका लागि मतदान हुने छ । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण