गायिका मिरा राणालाई ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान
काठमाडौँ । गायिका मिरा राणालाई एक लाख रुपियाँसहित ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ प्रदान गरिएको छ । बिहीबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा बाँडिएको १४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा राणालाई उक्त सम्मान दिइएको हो ।
कार्यक्रममा सङ्गीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी साधना सम्मान, जनही नगद २५ हजार रुपियाँसहित पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रूपक डोटेललाई प्रेमध्वज सङ्गीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसङ्गीत सम्मान प्रदान गरियो । त्यही कार्यक्रममा गायिका लक्ष्मी सुवेदीले १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी स्रष्टा सम्मान प्राप्त गरिन् ।
अवार्डमा थुप्रै गायक, गायिका, गीतकार सङ्गीतकार र मोडलले अवार्ड थापे । ३१ विधामा प्रदान गरिएको अवार्डमा सुगम सङ्गीततर्फ निशान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायक गायिका बन्दा यही विधामा बिबी अनुरागी सङ्गीतकार, सत्यराज चौलागाईं रचनाकार र सुदीप सागर सङ्गीत संयोजकको अवार्ड विजेता भए । सर्वोत्कृष्ट गीतको अवार्ड विष्णु भण्डारीले जिते ।
गीतसङ्गीतको समेत प्रस्तुति रहेको कार्यक्रममा मस्ट पपुलर आर्टिस्ट अवार्ड पल शाह र पब्लिक च्वाइस अवार्ड एलिना रायमाझीले पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण