बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मनि ट्रान्सफर सञ्चालकमाथि गोली हान्नेलाई कडा कारबाही गर्न आजपाको माग

शुक्रबार, ०२ चैत २०८०, २२ : ३२
शुक्रबार, ०२ चैत २०८०

रौतहट । आम जनता पार्टी (आजपा)ले  रौतहटमा एक मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको घटनाको भर्त्सना गरेको छ । 

पार्टीका महासचिव त्रिभुवन साहले शुक्रबार राति विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । 

शुक्रबार दिउँसो परोहा नगरपालिका–९  स्थित खाप चोकमा शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह माथि गोली प्रहार भएको थियो ।  काउन्टरमा काम गरिरहेको अवस्थामा मोटरसाइकलमा आएका ३ जनाले गोली प्रहार गरेका थिए । उनको घाइते अवस्थामा वीरगन्जमा उपचार भइरहेको ंछ । 

‘सीमा बाहिरबाट हतियार सहित आएर खुलेआम भएको यस हमलाले राज्य संयन्त्रको सुरक्षा व्यवस्था कति कमजोर छ भने कुरा स्पष्ट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै उपचारको क्रममा रहेका घाइते नितेश साहको शीघ्र स्वास्थ्य लाभको कामना सहित अपराधीलाई कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछौँ ।’ 

रौतहट आजपाका अध्यक्ष प्रभु साहको गृहजिल्ला समेत हो । उनले समेत घटनाको गम्भीर अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरेका छन् ।  प्रहरीले घटनामा संलग्न तीनै जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप