सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका अनुराधा पौडवाल भाजपामा प्रवेश

शनिबार, ०३ चैत २०८०, १४ : ४४
शनिबार, ०३ चैत २०८०

मुम्बई । सन् २०२४ को लोकसभा चुनावअघि गायिका अनुराधा पौडवाल भाजपामा प्रवेश गरेकी छन् । भाजपामा प्रवेश गरेपछि अनुराधा पौडवालले सनातनसँग गहिरो सम्बन्ध भएको सरकार (पार्टी) मा सामेल हुन पाउँदा आफूले धेरै खुसी महसुस गरेको बताएकी हुन् । 

उनले भनिन्, ‘तपाईं सबैलाई थाहा छ, फिल्म उद्योगमा आएको ३५ वर्ष भइसक्यो . त्यसमा गीत गाएपछि धार्मिक गीत मात्रै गाएको छु । यो मेरो सौभाग्य हो कि म आज भाजपामा प्रवेश गरेको छु।’

यसबाहेक राजस्थानका केही कांग्रेस नेताहरू पनि भाजपामा प्रवेश गरेका छन्। राजस्थानमा स्थानीय बीबीसी पत्रकार मोहर सिंह मीनाका अनुसार कांग्रेसका पूर्व सांसद र विधायक रहेका नेताहरूले शनिबार भाजपासँग हात मिलाएको छ। आरएलपीबाट विधायक रहेका नेता सहित ३५ जना भाजपामा सामेल भएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप