आरबीबी–एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ एपीएफको विजयी सुरुवात
आइतबार, ०४ चैत २०८०, ११ : ४१
काठमाडौँ । राजधानीमा जारी ‘आठौँ आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ को महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको आइतबार खेलिएको खेलमा एपीएफ क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो ।
खेलको प्रारम्भदेखि नै एपीएफले मधेश प्रदेशलाई दबाबमा राखेको थियो । एपीएफ क्लबले पहिलो सेटको नतिजालाई २५–८ अंकले आफ्नो पक्षमा पारेको थियो ।
यसैगरी दोस्रो सेटमा पनि एपीएफ क्लब २५–७ अंकले अगाडि रह्यो । तेस्रो सेटको नतिजालाई पनि २५–२ अंकले आफ्नो पक्षमा पार्दै एपीएफ क्लबले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण