कविता : मेरी आमा
आइतबार, ०४ चैत २०८०, ११ : ४७
आमाविना जीवन पूर्ण हुन्न,
तिम्रै कृपाले हिँडिराछु धन्न ।
नेपाल नेपाल भनेर भन्न,
काली र मेची मनभित्र गुन्न ।
बाला धानैका लटरम्म फल्दा,
सेताम्य अग्ला चुचुरा ती खुल्दा ।
बतासले लालीगुराँस चुम्दा,
मनै रमायो फेवाताल घुम्दा ।
थुङ्गा मिली हार बनेछ टम्म,
देउडा र कौरा सखियाको छम्म ।
खाडीदेखि बेलायतसम्म,
पुग्नेहरू देख्छु म गम्मगम्म ।
जन्मे यही बुद्ध छरे सुशान्ति,
बस्ती गरामा अब ल्याऊ कान्ति ।
नेपाल आमा नरुनुस् न बिन्ती,
मर्दा मलामी बिहेबारी जन्ती ।
बझाङ
(हाल : न्यु मिलेनियम स्कुल, बहराइन, कक्षा–१)