कविता : मेरी आमा
आइतबार, ०४ चैत २०८०, ११ : ४७
आमाविना जीवन पूर्ण हुन्न,
तिम्रै कृपाले हिँडिराछु धन्न ।
नेपाल नेपाल भनेर भन्न,
काली र मेची मनभित्र गुन्न ।
बाला धानैका लटरम्म फल्दा,
सेताम्य अग्ला चुचुरा ती खुल्दा ।
बतासले लालीगुराँस चुम्दा,
मनै रमायो फेवाताल घुम्दा ।
थुङ्गा मिली हार बनेछ टम्म,
देउडा र कौरा सखियाको छम्म ।
खाडीदेखि बेलायतसम्म,
पुग्नेहरू देख्छु म गम्मगम्म ।
जन्मे यही बुद्ध छरे सुशान्ति,
बस्ती गरामा अब ल्याऊ कान्ति ।
नेपाल आमा नरुनुस् न बिन्ती,
मर्दा मलामी बिहेबारी जन्ती ।
बझाङ
(हाल : न्यु मिलेनियम स्कुल, बहराइन, कक्षा–१)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण