आरबीबी–एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिसले कर्णाली प्रदेशलाई हरायो
काठमाडौँ । राजधानीमा जारी ‘आठौँ आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ को दोस्रो दिन आइतबार खेलिएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले सफलता हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार खेलिएको खेलमा विभागीय टोली पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो ।
पहिलो सेटको नतिजालाई पुलिस क्लबले २५–१२ अंकले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटको खेलमा पनि पुलिस क्लब २५–७ अंकले अगाडि रहेको थियो ।
तेस्रो सेटको नतिजालाई पनि पुलिस क्लबले २५–८ अंकले आफ्नो पक्षमा पा¥यो । जारी प्रतियोगितामा महिलातर्फ पुलिस क्लबको यो पहिलो जित हो । महिलातर्फ पुलिस क्लब साबिक विजेता पनि हो ।
यसअघि आइतबार नै खेलिएको महिलातर्फको पहिलो खेलमा अर्को विभागीय टोली एपीएफ क्लबले मधेस प्रदेशलाई ३–० सेटले हराएको थियो । एपीएफ २५–८, २५–७,२५–२ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण