बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म र समीक्षा एक अर्काको परिपूरक हो– निर्देशक भट्टराई

आइतबार, ०४ चैत २०८०, १२ : ४१
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । फिल्म निर्देशक प्रदीप भट्टराईले फिल्मको समीक्षाले मार्ग निर्देशको माम गर्ने बताएका छन् । उनले समीक्षासँग डराउनुभन्दा पनि फिल्म मेकरले आफ्नो काम इमानदारीपूर्वक गर्नुपर्ने धारणा उनको थियो ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको (निफ) को तेस्रो दिन शनिबार फिल्म समीक्षा ताली कि गाली शीर्षकमा बोल्दै निर्देशक भट्टराइले समीक्षाको कारण आफ्नो फिल्म ‘जात्रा’ ले दर्शक पाएको बताए । उनले फिल्म र समीक्षा एक अर्काका परिपूरक रहेको सुनाए ।

नेपालमा फिल्म समीक्षाको अवस्था तथा फिल्म मेकर र समीक्षाको सम्बन्धका बारेमा भएको छलफलमा प्रदीपको अलवा अभिनेत्री केकी अधिकारी, पत्रकार केपी ढुंगाना सहभागी थिए ।

अभिनेत्री केकीले फिल्मको समीक्षा पाठकको लागि लेखिने भए पनि फिल्मको अंग भएर पढ्दा बायस भएको अनुभव हुने गरेको बताइन् । उनले समीक्षामा आफ्नो कामलाई लिएर हुने टिप्पणीलाई सकारात्मक रूपमा लिने गरेको पनि स्पष्ट पारिन् । 

नेपाली फिल्म क्षेत्रमा आफूहरूले समीक्षाको खाली ठाउँ भर्ने प्रयास गरेको पत्रकार ढुंगानाले जनाए । उनले भने, ‘वाहवाही मात्रै गर्दा दर्शकमा मोनोटोनस हुन्छ, त्यही भ्याकुममा हामी बसेको हो ।’ समीक्षाले दर्शकलाई फिल्म हेर्न जाने कि नजाने भनेर गाइड गर्नुपर्ने उनले धारणा राखे ।

समीक्षा गर्दा कुनै फिल्मप्रति समीक्षकले पूर्वाग्रह राख्न नहुने अभिनेत्री अधिकारी बताउँछिन् । ‘हाम्रोमा फिल्म समीक्षाको अभ्यास नयाँ नयाँ नै छ । दर्शकले अहिले पनि वर्ड अफ माउथबाट नै हेर्ने या नहेर्ने भनेर निर्णय गर्ने गरेको देखिन्छ’, उनले थपिन्, ‘अहिलेको अवस्थामा समीक्षक र फिल्म मेकरले एक अर्कालाई खुला हृदयले स्वीकार गर्न गाह्रो भइरहेको छ ।’

समीक्षा भनेको व्यक्तिगत धारणा नभएर सिद्धान्तमा आधारित हुने पत्रकार ढुंगानाले बताए । ‘दर्शकले हेर्ने र समीक्षकले हेर्ने दृष्टिकोण फरक हुनसक्छ । दर्शकलाई कुन फिल्मको कुन दृश्यले छुन्छ भन्ने थाहा हुँदैन ।’ 

मेकरले राख्ने विषयवस्तु कथा, पटकथा, पात्र चित्रण, छायाङ्कन, कलाकार आदि नै समीक्षकले हेर्ने विषयवस्तु बताएको उनले सुनाए । उनले समीक्षा र व्यवसायको सम्बन्धित विषय नभएको बताए । नेपालमा पुरानो पुस्ता र नयाँ पुस्ताबिचको ग्यापका कारण अहिले पनि नेपाली फिल्म समीक्षा सिकारु अवस्था मै देखिएको उनको धारणा थियो । उनले उकेरामा नकारात्मक शीर्षक किन आउँछ भन्ने प्रश्नमा ढुंगानाले आफूहरूले केलाउने विभिन्न पक्षमा फिल्मले पाएको अंकका आधारमा फिल्मको शीर्षक निर्धारण हुने भन्दै त्यसमा आफ्नो व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पारे । 

‘मिडिया सिनेमाको लागि चाहिने चिज हो । यहाँबाट नै हामीले फिल्मको जानकारी दर्शकसम्म पुर्याउँछौँ’ सिनेमा र मिडियाको सम्बन्धका बारेमा बोल्दै निर्देशक भट्टराईले भने, ‘तर, समीक्षा आएपछि हाम्रो वैरभाव सुरु हुन्छ । सिनेमालाई हेर्ने दृष्टिले हेर्ने प्रवृत्ति छ । मिडिया र फिल्म मेकरबिच ग्याप राख्नुपर्ने रहेछ भन्ने पनि लाग्छ । त्यसो गर्दा चित्त पनि दुख्दैन ।’

समीक्षा राम्रो भएको फिल्मले दर्शक तान्न नसकेको प्रसङ्गमा भट्टराईले भने, ‘सबैभन्दा पहिले त्यो सिनेमा केको लागि बनाइएको हो भन्ने कुरा बुझ्नुपर्छ जस्तो लाग्छ । दर्शकले प्वइन्ट हेर्दैन बस उनीहरूलाई बोर लाग्नुभएन । सबै फिल्म एउटै चस्मा लगाएर हेर्न हुँदैन जस्तो लाग्छ ।’ 

समीक्षा अन्य क्षेत्रमा जस्तै सिनेमामा पनि निकै महत्त्वपूर्ण रहेको र यो ताली या गाली मात्र नरहेको पुष्टि पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप