रुसको राष्ट्रपतिमा पुनः पुटिन
सोमबार, ०५ चैत २०८०, ०६ : ०८
मस्को । भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् ।
रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् ।
जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण