मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

निसीखोला बस दुर्घटनाप्रति उपमहासचिव शर्माद्वारा दुःख व्यक्त

सोमबार, ०५ चैत २०८०, १९ : ५०
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटनाप्रति नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुःख व्यक्त गरेका छन् । रुकुम  रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।  

उपमहासचिव शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,   ‘रुकुमपश्चिमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङको निसीखोलामा दुर्घटना भएको खबरले अत्यन्तै दुःखित छु । हालसम्म प्राप्त विवरण अनुसार ७ जनाको मृत्यु र २५ जना घाइते भएको अवस्था छ । दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । 

साथै दुर्घटनाका घाइतेहरूको उद्धार र उपचारका लागि पहल जारी छ ।’

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप