निसीखोला बस दुर्घटनाप्रति उपमहासचिव शर्माद्वारा दुःख व्यक्त
काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटनाप्रति नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुःख व्यक्त गरेका छन् । रुकुम रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।
उपमहासचिव शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रुकुमपश्चिमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङको निसीखोलामा दुर्घटना भएको खबरले अत्यन्तै दुःखित छु । हालसम्म प्राप्त विवरण अनुसार ७ जनाको मृत्यु र २५ जना घाइते भएको अवस्था छ । दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
साथै दुर्घटनाका घाइतेहरूको उद्धार र उपचारका लागि पहल जारी छ ।’
बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण