भयानक मोटरसाइकल दुर्घटनापछि भेन्टिलेटरमा दक्षिण भारतीय अभिनेत्री
नयाँ दिल्ली । तमिल–मलयालम फिल्म उद्योगकी शीर्ष अभिनेत्रीमध्ये एक अरुन्धती नायर यतिबेला भेन्टिलेटरमा छिन् । सडक दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि २८ वर्षीया अभिनेत्री भेन्टिलेटरमा पुगेकी हुन् ।
अभिनेत्रीकी बहिनी आरती नायरले दुर्घटनाको पुष्टि गरेकी छन् । फ्यानहरूलाई अभिनेत्रीका लागि प्रार्थना गरिदिन उनले आग्रह गरेकी छिन् । केरलाको कोवलम बाइपासमा उनको दुर्घटना भएको थियो । उनी भाइसँग मोटरसाइकलमा जाँदै थिइन् ।
‘तमिलनाडुका अखबार र टिभी च्यानलहरूमा आएका समाचारहरू हेरेपछि हामीले स्पष्टीकरण गर्नुपर्ने आवश्यकता ठान्यौँ । मेरी दिदी अरुन्धती नायरको ३ दिन अगाडि सडक दुर्घटना भएको कुरा सत्य हो । उनी गम्भीर घाइते भएकी छिन् र तिरुवनन्तपुरमको अनन्तपुरी अस्पतालमा भेन्टिलेटरमा जीवनको लागि सङ्घर्ष गर्दै छिन् ।’ आरतीले इन्ष्टाग्राम पोष्टमा भनेकी छिन् । इन्डिया टुडेका अनुसार अरुन्धती एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिएर घर जाने क्रममा दुघर्टनामा परेकी हुन् ।
अरुन्धतीले सन् २०१४ मा तमिल फिल्म ‘पोंगी एजु मनोहरा’बाट डेब्यु गरेकी थिइन् । विजय एन्टोनीसँग तमिल फिल्म ‘सैथन’मा काम गरेर लोकप्रियता कमाएकी थिइन् । सन् २०१८ मा उनले ‘ओट्टाकोरु कामुकन’बाट मलयालम फिल्म उद्योगमा डेब्यू गरिन् । गत वर्ष उनको फिल्म ‘आयराम पोरकासुकल’ रिलिज भएको थियो । यो फिल्ममा उनी विदार्थको अपोजिटमा देखिएकी थिइन् । अरुन्धतीले विजय सेतुपतिलगायत साउथका अन्य कयौँ ठुला स्टारसँग काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण