आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘गैरआवासीय नेपालीलाई नागरिकता दिन थालेपछि देश आर्थिक संकटतर्फ’

बुधबार, ०७ चैत २०८०, १५ : ०८
बुधबार, ०७ चैत २०८०

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नेपालीलाई नागरिकता दिएपछि मुलुकमा कति रेमिटेन्स भित्रियो भन्दै प्रश्न गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद समेत रहेका अध्यक्ष साहले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपश्चात बाहिरिएको र भित्रिएको पुँजीको विवरण माग गरेका हुन् । 

उनले भने, ‘आज देशमा उद्योगधन्दाहरु बन्द भैइरहेका छन् । व्यापार भएको छैन्, तर मुठीभर मानिसहरु मालामाल छन् । खुलेआम देशको पैसा लुटेर विदेश पठाई रहेका छन् । विदेशी नागरिकता लिएका नागरिकहरु नेपालको सम्पत्ती खुलेआम लागि रहेका छन् जसको कारण देश आर्थिक संकटमा पर्दै गएको छ । यसलाई स्वीकार गर्ने कि नगर्ने भन्ने प्रश्न छ ।’

सांसद साहले केही नेताहरूले माथिल्लो तहमा बसेर देशलाई बरबाद बनाउन खोजिरहेको बताए । 

देश आर्थिक संकटबाट बचाउने भन्दा पनि आर्थिक संकटलाई बलियो बनाउने दिशातर्फ लागेको उनको आरोप छ । 

उनले भने, ‘देशलाई आर्थिक संकटबाट बचाउने हो भने यस्ता भगौडाहरु जो माथिल्लो तहमा बस्ने र देशलाई लुटेर अवैद्ध ढङ्गले जसरी लगिरहेका छन् यसलाई प्राथमिकतामा राख्न सकिएन भने देशलाई आर्थिक संकटबाट बचाउन सकिँदैन । हामीले देशलाई आर्थिक संकटबाट बचाउने भन्दा पनि आर्थिक संकटलाई बलियो बनाउने दिशातर्फ हामी गइरहेका छौँ ।’ 

जनता भ्रष्टाचारबाट दिक्क भइसक्दा पनि सरकारले भ्रष्टाचार रोक्नको लागि कुनै पनि काम नगरेको उनको भनाइ छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप