आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मानिसमा सेवा भाव नभएसम्म विपद् व्यवस्थापन प्रभावकारी हुँदैन : मन्त्री पाण्डेय

बुधबार, ०७ चैत २०८०, १८ : ४५
बुधबार, ०७ चैत २०८०

बुटवल । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले मानिसमा सेवा भाव नभएसम्म विपद् व्यवस्थापन प्रभावकारी बनाउन नसकिने बताएका छन् ।

रुपन्देहीमा बुधबार भएको एक कार्यक्रममा बोल्दै उनले  सरकार वा कुनै व्यक्तिले मात्र गरेर विपद् व्यवस्थापन नहुने बताएका हुन् । उनले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले इमान्दारीका साथ काम गरे विकास सम्भव रहेको पनि बताए । लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गर्दै कार्यक्रम अघि बढाएको उनले बताए । उनले थोरै सहयोग गरेर धेरै प्रचार गर्न नहुने बताए । 

लुम्बिनी प्रदेशको गृह मन्त्रालयका सचिव लालबाबु कवारीले लुम्बिनी प्रदेश विपद्को जोखिम भएको प्रदेश रहेको बताए । उनले यो प्रदेशमा भूकम्प, बाढी पहिरो, आगलागी, डढेलो जस्ता विपद् आउने गरेको बताए । विपद् व्यवस्थापनका सन्दर्भमा ७ वर्षे विपद् जोखिम न्यूनीकरण रणनीति बनाइएको उनले बताए ।  

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापन गर्न मिलेर काम भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप